प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
काठमाडौं । प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा एक्सपेङ जी६ एइलेक्ट्रिक एसयुभी रोजेका छन् । बास्कोटा एक्सपेङ जी६को आधिकारिक ब्रान्ड एन्डोर्सरसमेत बनेका छन् ।
उनको यो छनोट नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटी प्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा परिवर्तनलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाइराख्ने नयाँ पुस्ताका सर्जकको प्रतिनिधि मानिन्छन् । एक्सपेङ जी६ को छनोट पनि यही दर्शनसँग मेल खाने बताइएको छ ।
एक्सपेङको अत्याधुनिक एसईपिए २.० प्लेटफर्म मा निर्माण गरिएको जी६ ले स्लिक कुपे–एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिमार्फत प्रिमियम इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा फरक पहिचान स्थापित गरेको जनाइएको छ । यो सवारीले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चर बाट सञ्चालित एक्सपेङ जी६ ले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्छ । १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसुभीले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।
डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले जी६ लाई प्रदर्शन, आराम र प्रविधिको सन्तुलित संयोजन बनाएको छ । साथै, फास्ट चार्जिङ क्षमता र फराकिलो तथा आरामदायी इन्टेरियरले यसलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने सवारीका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
