प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
काठमाडौं । प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा एक्सपेङ जी६ एइलेक्ट्रिक एसयुभी रोजेका छन् । बास्कोटा एक्सपेङ जी६को आधिकारिक ब्रान्ड एन्डोर्सरसमेत बनेका छन् ।
उनको यो छनोट नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटी प्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा परिवर्तनलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाइराख्ने नयाँ पुस्ताका सर्जकको प्रतिनिधि मानिन्छन् । एक्सपेङ जी६ को छनोट पनि यही दर्शनसँग मेल खाने बताइएको छ ।
एक्सपेङको अत्याधुनिक एसईपिए २.० प्लेटफर्म मा निर्माण गरिएको जी६ ले स्लिक कुपे–एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिमार्फत प्रिमियम इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा फरक पहिचान स्थापित गरेको जनाइएको छ । यो सवारीले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चर बाट सञ्चालित एक्सपेङ जी६ ले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्छ । १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसुभीले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।
डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले जी६ लाई प्रदर्शन, आराम र प्रविधिको सन्तुलित संयोजन बनाएको छ । साथै, फास्ट चार्जिङ क्षमता र फराकिलो तथा आरामदायी इन्टेरियरले यसलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने सवारीका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

