अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज ४२ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोल प्रक्रियामार्फत जारी गरिनेछ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी २०८२ चैत ८ गते गरिनेछ।
बोलपत्र पेश गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने राष्ट्र बैंकले जनाएको छ।
बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म निक्षेप स्वीकृत गरिनेछ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

