एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।
न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू.१० करोडसम्म प्रदान गरिने यस एन आई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको उक्त कर्जा योजनाअन्तर्गत पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ । साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

