कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
जनकपुर । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ। शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान ११ः०० बजे एक विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै, क्षेत्रका अग्रणी इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागिताले गुणस्तरीय पूर्वाधार तथा निर्माण विकासप्रति बढ्दो प्रतिबद्धता झल्काएको थियो। उद्घाटन समारोह कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर सम्पन्न गरिएको थियो।
कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदानबारे प्रकाश पारे। उनले भने, “कजारिया जस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो। यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पु¥याउँछन्।”
कम्पनीका अनुसार, जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
