• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ चैत २०८२, मङ्गलबार
२४ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • १२ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • १२ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १५ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १८ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १९ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ४. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ५. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ६. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ७. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ८. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

जानकारी केन्द्र २०८२, फाल्गुन, ५

जनकपुर ।  प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ। शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान ११ः०० बजे एक विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साथै, क्षेत्रका अग्रणी इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागिताले गुणस्तरीय पूर्वाधार तथा निर्माण विकासप्रति बढ्दो प्रतिबद्धता झल्काएको थियो। उद्घाटन समारोह कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर सम्पन्न गरिएको थियो।

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदानबारे प्रकाश पारे। उनले भने, “कजारिया जस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो। यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पु¥याउँछन्।”

कम्पनीका अनुसार, जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • कजारिया
  • कजारिया रमेश टाइल्स लिमिटेड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.