मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
जानकारी केन्द्र
२०८२, फाल्गुन, २०
काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने स्पष्ट पारेको छ । निर्वाचनको अघिल्लो दिन बुधबार आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न भए लगतै मतपेटिका संकलन कार्य सुरु गरिने जानकारी दिए ।
उनका अनुसार, मतपेटिका प्राप्त भई गणना सुरु गरिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ । साथै समानुपातिकतर्फको मतपरिणाम पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
आयागले निर्वाचनका सम्पुर्ण तयारी पुरा भईसकेको उल्लेख गर्दै मतदातालाई निर्धक्क र उत्साहपुर्वक मतदानमा सहभागी हुन् आग्रह गरेको छ । त्यसैगरी भौगोलिक विकटता र पहुँचको अवस्थालाई ध्यानमा राख्दै १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टर मार्फत संकलन गरिने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
