रास्वपालाई अहङ्कारबाट बच्न अनुरोध गर्दै प्रचण्डले भने- ‘यस्ता लहर मैले २०६४ मै देखिसकेको छु’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन् । आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिए ।
एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरे।
उनले भने, “त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।” उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरेका छन्।
“इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,” संयोजक दाहालले भन्नुभयो, “तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको उनले बताए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
