शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
काठमाडौँ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्धेश्यले शारदा ग्रुपले सरकारलाई १ करोड १ लाख रुपैँया सहयोग गरेको जनाएको छ ।
ग्रुपका अध्यक्ष शिवरतन शारडाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्रीको कार्यालयमा पुगेर हस्तान्तरण गरेका बताइएको छ । रसुवा,धादिङ,नुवाकोटलगायत क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि ग्रुपले राहत तथा मानवीय सहायता अघि बढाएको जनाएको छ ।
उक्त रकम शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमार्फत प्रदान गरिएको हो । पशुपति खाद्य तेल उद्योगले ६१ लाख ,पशुपति सिनप्याक इन्डट्रिजले १५ लाख,प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीले १० लाख रुपैँया सहयोग गरेका बताइएको छ ।
आर्थिक सहयोगसँगै ग्रुपले करिब ६० लाख रुपैँया बराबरका खाद्य तथा पेय पदार्थसमेत सरकारलाई उपलब्ध गराएको छ भने गुडलाईफ,रमपम चाउचाउ,गुडलाइफ विस्कुट तथा जुस लगायत सामाग्री विपद् प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ।
त्यस्तै,प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको बताएको छ ।
शारदा ग्रुपद्धारा प्रवर्द्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २१ लाख रुपैयाँ सहयोग गरेको छ । शिवम् शिमेन्टले भने प्रभावित क्षेत्रको एक गाउँको पुन:निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको जनाइएको छ ।
विपद्का कारण घाइते भएकाहरुका लागि रगतको आवश्यकता पूरा गर्न ग्रुपले काठमाडौँ र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको बताइएको छ ।
शारदा ग्रपका अध्यक्ष शिवरतन शारडाले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा प्रभावित समुदायसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताएका छन् । सरकारको राहत,उद्धार तथा पुननिर्माण अभियानमा सहयोग पुर्याउने उद्धेश्यले तत्कालीन राहतका कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
ग्रुपले आगामी दिनमा आवश्यकता पहिचान गरी राहत,उद्धार तथा पुननिर्माणका क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
