नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
काठमाडौँ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नाडाको तर्फबाट रु. १० लाखको चेक हस्तान्तरण गरेको बताइएको छ।
हालै २०८३ भाद्र १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नाडाले नगद सहयोग उपलब्ध गराएको जनाइएको छ।
यसका साथै, नाडाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको नाडाले बताएको छ। नाडाको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खाद्यान्न, आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गर्दै विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूलाई सहयोग प्रदान गरिरहेको जनाइएको छ।
नाडाले विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई समेत निरन्तरता दिइरहेको बताएको छ । प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ।
नाडाका अनुसार उक्त प्रतिनिधि मण्डलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
