लोक सेवा आयोगले माग्यो ४०० भन्दा बढी कर्मचारी
जानकारी केन्द्र
२०७७, चैत्र, २५
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यामा आवेदन माग गरेको छ । आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो ।
आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो । आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो ।
उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ । आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ । आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
