अफगानिस्तानमा विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा
विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ ।
अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’ विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताएका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

