Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

सुन्धारामा विप्लव कार्यकर्ताले जलाए टायर, केही बन्दकर्ता पक्राउ (तस्बिरहरु)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, ३०
सुन्धारामा विप्लव कार्यकर्ताले जलाए टायर, केही बन्दकर्ता पक्राउ (तस्बिरहरु)

नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको सुन्धारामा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै मध्याहन्न सुन्धाराको आकाशे पुल क्षेत्रमा टायर बालेका हुन् ।

प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीले बन्दकर्ताले बालेको टायर निभाएको छ । बन्दका कारण काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । चन्द नेकपाले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको हो।

Top Changing Nepal

युट्युब सट्स