Jankari Kendra
१३ मंसिर २०८३, शनिबार

सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, १३
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा

काठमाडौं । सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी,बैँकले निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको जनाएको छ ।

बैँकका अनुसार थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् ।

त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका जनाइएको छ । बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स