स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
काठमाडौं । सरकारले स्वास्थ्य बिमा सेवालाई सहज बनाउँदै लगेको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सर्कुलर जारी गरेको छ । बोर्डले बुधबार परिपत्र जारी गर्दै बीमितले स्वास्थ्य सेवा लिन जाँदा परिचयपत्रको भौतिक प्रति नै हुनुपर्ने बाध्यता हटाएको छ ।
बोर्डले भौतिक परिचयपत्र साथमा नभएका कारण मात्रै बिरामीलाई सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको हो । बीमितले अब स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक पेस गर्न सक्नेछन् ।
सेवा प्रदायक संस्थाहरूले पेस गरिएको कार्ड वा कागजातमा उल्लिखित स्वास्थ्य बीमा नम्बरलाई आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ । बीमित भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न बोर्डले अनुरोध गरेको छ । भौतिक परिचयपत्र साथमा नभएको कारण देखाउँदै कुनै पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत पाउनुपर्ने अधिकार र सेवाबाट वञ्चित नगर्न बोर्डले सचेत गराइएको छ ।
सम्बन्धित समाचार
काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
बुधबार नेप्से ८.६६ अंकले उकालो, २६४७.६१ बिन्दुमा कारोबार
अब भारत जाने नेपालीले नेपाली क्यूआरबाटै रकम भुक्तानी गर्न सकिने
आईपीएल खेल्न १० नेपाली खेलाडीले गराए नाम दर्ता
सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
