Jankari Kendra
११ मंसिर २०८३, बिहीबार

काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, १०
काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत

काठमाडौ । नेपाली वनस्पति घ्यु तथा तेल उद्योगहरुले अब भारतको गुजरातस्थित काण्डला बन्दुरगाहबाटपनि क्रुड सनफ्लावर आयल आयात र क्रुड सोयाबिन आयल गर्न पाउने भएका छन् । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली उद्योगीहरुको लामो समयदेखिको माग सम्बोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

यसअघि नेपाली उद्योगहरु वजवज,कलकत्ता र हल्दिया बन्दरगाहमा निर्भर रहँदै आएका थिए । काण्डला बन्दरगाहबाट समेत आयात गर्न पाउने व्यवस्थाले ढुवानी खर्च र समय घटाउनुका साथै कच्चा पदार्थको आपूर्ति सहज हुने विश्वास संघले गरेको छ ।

उद्योगीहरुको माग सम्बोधनका लागि पहल गरेको भन्दै संघले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स