Jankari Kendra
११ मंसिर २०८३, बिहीबार

यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरू सम्मानित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ११
यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरू सम्मानित

काठमाडौं । यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष र उत्साहजनक बनाएको जनाइएको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग जोडिएको स्वामित्वको खुसीलाई चाडपर्वको उत्सवसँग जोडेको बताइएको छ।

अभियानको ग्रान्ड प्राइज विजेता बुटवलकी श्रीमती सरस्वती खनाल रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा.लि.बाट यामाहा रे जेडआर १२५–एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेपछि १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । ग्रान्ड प्राइजसँगै देशभरका हजारौँ ग्राहकहरूले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेका जनाइएको छ। यसका साथै, अभियानअन्तर्गत साप्ताहिक विजेताहरूलाई एप्पलका आकर्षक ग्याजेटहरू प्रदान गरिएको बताइएको छ । कम्पनीका अनुसारअभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकहरूले यी ग्याजेटहरू जित्न सफल भएका छन् भने कुल १ लाखभन्दा बढी दर्ता प्राप्त गर्दै यस अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक सहभागिता पाएको थियो।

यसैगरी, पोखराका तेज बहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक शोरुम भीएडब्लू इन्टरप्राइजेज प्रा.लि.बाट यामाहा रे जेडआर १२५–एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेपछि ब्रान्ड न्यू यामाहा आर १५ एस जितेका छन्। उनको जितले अभियानमा थप उत्साह थप्नुका साथै यामाहा खरिदको अनुभवलाई अझ विशेष बनाएको जनाइएको छ।

नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलरहरूको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटरहरू देशभरका ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको जनाइएको छ। यामाहाले आफ्नो थ्री एस सुविधा अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्ट्समार्फत सवारीसाधन खरिददेखि भरपर्दो बिक्रीपछिको सेवा तथा सक्कली स्पेयर पार्ट्ससम्मको सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बताइएको छ। गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका साथ यामाहाले नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै आएको दाबी गरिएको छ।

 

Top Changing Nepal

युट्युब सट्स