नेपाल टेलिकममा २७० जना कर्मचारी माग
काठमाडौं : नेपाल टेलिकमले विभिन्न २० पदका लागि २७० जना कर्मचारी माग गरेको छ। टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै २७० जना नयाँ कर्मचारीको माग गरेको हो। टेलिकमले खुला तथा समावेशी, आन्तरिक प्रयोगिताबाट पलपूर्ति गर्न लागेको बताएको छ। टेलिकमले लोक सेवा आयोगबाट सहमति पाएपछि पदपूर्ति प्रक्रिया अघि बढाएको हो।
टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ।
त्यस्तै टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन ४८ जना, टेलिकम इन्जिनियर कम्प्युटर र इलेक्ट्रिकल ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ। त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई टेलिकममा रोजगारीको अवसर रहेको छ।
टेलिकमले इच्छुक आवेदकले आफूलाई चाहिने पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ। आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ।
आवेदकहरुले टेलिकमको वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट दरखास्त दिन सक्नेछन्। अनलाइन आवेदन दिएपछि आवेदकहरुले परीक्षा शुल्क नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन्।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

