जाग कुम्भकर्ण ( #WakeUpAndAct )
यहि कार्तिक २४ गते सुतिरहेको कुम्भकर्णलाई जगाउन बसन्तपुरबाट बालुवाटारसम्म (दिउँस १ देखि ४) हामी नेपालीले र्याली गर्दैछौँ।
हामी नेपाली, नेपालको जुन भूगोलमा भए पनि सधैँ एक थियौं र एक नै छौँ। एउटै आमाका सन्तान हामी, घर मात्रै बेग्ला-बेग्लै छ, हाम्रो रगत एउटै हो।
२ महिना देखि देशको एउटा भूगोल ठप्प छ भने एक महिना देखि त्यहि देशको अर्को भूगोल अस्त-व्यस्त छ। एउटा भूगोलमा स्कुल बन्द, ,बजार बन्द, कारखाना बन्द, हजारौं जनता दिन- दिनै सडकमा छन्भ ने अर्कोमा स्कुल बन्द, कारखाना बन्द, हजारौं जनता पेट्रोल, डिजेल- ग्याँसको लाइनमा छन्।
मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार । घरमा खाना पकाउने ग्याँस छैन, तेल पनि बजारमा छैन। दैनिकी चल्न धौ-धौ भैसक्यो सरकार। खालि पेट राष्ट्रियता झल्कदैन।
सरकार तिमी तराई जाऊ, हाम्रो दाजु-भाइ दिदि बहिनीलाई माया र सम्मानले सम्बोधन गर। तराईका जनताले मागेका माग हरु जायज भाको- नभाको प्रस्ट पारि देशको एउटा भू भागमा भै रहेको अस्त-व्यस्त वातावरण चाडैं रोक्न सकारात्मक र दिर्घकालिन पहल गर। हाम्रो वर्षौको मिहेनत पछि बनेको यो जनताको संबिधान लागु गरि हामीलाई सम्बृद्धि तर्फ लग।
अर्थतन्त्र डामा -डोल भैसक्यो! तराई-पहाड-हिमाल, जहाँ भए पनि काम नगरी खान पाइंदैन !! त्यसैले मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार !
आफ्नो सरकारलाई आफैले झक-झकाउन यो हाम्रो सुरुवात।
मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार !
यहि कार्तिक २४ गते सुतिरहेको कुम्भकर्णलाई जगाउन बसन्तपुरबाट बालुवाटारसम्म (दिउँस १ देखि ४) हामी नेपालीले र्याली गर्दैछौँ।
सहभागी हुन यहिं थिच्नु होस
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

