• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • २४ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १ दिन 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १ दिन 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १ दिन 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १ दिन 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • २. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ३. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ५. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ६. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ९. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे आशंका

जानकारी केन्द्र २०८२, बैशाख, १२

सिरहा । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।

क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदानका लागि क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङको मिलोमतोमा फर्जी क्याम्पस प्रमुख बनाएका हुन्।

पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमत्तोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई फर्जि क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरीएको छ।

किशोर कुमार साह धनगढीमाई नगरपालिका- ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। पुर्णकालिन क्याम्पस प्रमुख नरहेकै कारण बिगत केही वर्षदेखी बिश्वबिद्धालय अनुदान आयोग सानोठिमि, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभएर कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको हुन सक्ने त्यहि कार्यरत एक शिक्षकले जानकारी दिए।

साहले आफ्नो पदलाई दाउमै राखेर सञ्चालक समितिहरुको किर्ते हस्ताक्षर गरेको स्रोतले दावी गरेको छ। उनका अनुसार समितिका कुनै सदस्यलाई जानकारी नै नदिई किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि नै लागु हुने गरी चार वर्षको लागि पुर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी यसै क्याम्पसमा कार्यरत मनोज कुमार साहलाई दिइएको’  लेखिएको पत्र विश्वविद्यालय अनुदान आयोगलाइ परिपत्र गरिएको प्रमाण फेला परेको छ।

२०८१ कात्तिक २७ गते नै क्याम्पस प्रमुख साहले अनुदानको रकम कुम्ल्याउने उदेश्यले सञ्चालक समितिका अध्यक्ष तामाङलाई आर्थिक प्रभावमा पारेर क्याम्पसको लेटरहेड प्रयोग गरि कात्तिक २४ गतेदेखि नै मनोजकुमार साहलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको पत्र अनुदान आयोगमा पठाएको छ। आयोगले भने सो पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जनाएको छ।

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताए। उनले भने, ‘हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आई सकेको छैन।’

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने बेखबर छन्। उनी भन्छन्, ‘यो बिषयमा मलाई केही जानकारी छैन्। मलाई कसैले औपचारिक अनौपचारिक कुनैपनि रुपमा मैले जानकारी पाएको छैन्। क्याम्पस प्रमुख अहिले पनि किशोर साहजी नै हुनुहुन्छ ।’

यस बिषयमा रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुर्य मान तामाङलाई अहिलेको क्याम्पस प्रमुख को हो? क्याम्पस प्रमुख फेरिएको छ कि छैन? भन्ने प्रश्नमा  उनले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामिले अहिले सम्म उहाँलाई जिम्मा दिएका छौं।’

अध्यक्ष तामाङलासँग पुनः त्यसो भए २०८१ कात्तिक २७ गते बिश्वाविद्यालय अनुदान आयोगमा मनोजकुमार साह क्याम्पस प्रमुख रहेको परिपत्र फर्जी हो? कि तपाइले नै फर्जी क्याम्पस प्रमुख खडा गरेको हो? प्रश्न गर्दा उनले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नाम कै लागि पठाउनुछ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्न हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङ्गले थपे, ‘कानुनी रुपमा मिल्दैन तर; क्याम्पसको हित हुन्छ। व्यबहारिक रुपमा मिलाउनु पर्छ भन्नुभएपछि मैले पनि हस्ताक्षर गरिदिए।’

यसै विषयमा क्याम्पस प्रमुख किशोर कुमार साहसंग जानकारी माँग्दा उनले भने, ‘क्याम्पस नै हो। हेर्दै जाउँ के के हुन्छ। यहाँ के के ग¥या छ। केही पतो हुदैन।’  उनलाई यो कसरी हुन गयो त? भनि प्रतिप्रश्न गर्दा उनले ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि कुरा गरौंला’ भन्दै फोन काटेका छन् । पछि क्याम्पस प्र्रमख साहसँग प्रतिक्रिया लिने प्रयास गरेपनि उनी फोन सम्पर्कमा आउन चाहेनन्।

सञ्चालक समितिका सदस्य चन्दर यादबलाई क्याम्पस प्रमुख फेरिने बिषयमा सञ्चालक समितिको बैठक बस्नु भन्नु भएकाे थियो ।  उनका अनुसार यस बिचमा बैठक नै बसेको छैन। केहि दिन अगाडी बर्दिवासमा क्याम्पसको पञ्च वर्षे योजना सम्बन्धि बैठक बसेको थियो। तर, क्याम्पस प्रमुख फेरिने बारे अध्यक्षले कहिले चर्चा समेत गरेका थिएनन । उनले थपे, ‘यदि क्याम्पस चिफ फेरिएको हो भने यो फर्जी गरिको छ। हामीलाइ केही जानकारी नै छैन।’

सोही बिषयमा क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको विषयम कुनै जानकारी नभएको बताए। हामिले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं, यसमा तपाईं के भन्न चाहनु हुन्छ? भन्ने प्रश्नामा मेयर श्रेष्ठले भने, ‘ए त्यस्तो पो गरिएको छ। पख्नुस त म बुझ्छु। पाँच मिनेट पछि म तपाईलाई बुझेर फोन गर्छु;’ भन्दै फोन काटे। पछि उनी सम्पर्कमा आउन चाहेनन्।

त्यसैगरी, सोही क्याम्पसका सञ्चालक समितिसदस्य समेत रहेका मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले  भने, ‘म बसेको बैठकमा यस्तो निर्णय भएको छैन। यस विषयमा मैले पनि बुझ्नै पर्छ।’

सोही क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत बिद्यार्थी सुरेश रायले क्याम्पस प्रमुख अहिले सम्म किशोर साह रहेको बताए। उनले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन। तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’
चारै जना सञ्चालक समितिका जिम्मेवार ब्यक्तिले दिएको प्रतिक्रिया र बिश्वबिद्यालय अनुदान आयोगलाई गरिएको परिपत्रले क्याम्पस प्रमुख किशोर कुमार साह र सञ्चालक समितिका अध्यक्ष सुर्यमान तामाङले बदनियतपुर्वक नै यो फर्जी कागजात तयार गरिएको पुष्टि हुन्छ।

बिगत एक दशकदेखि सञ्चालक समितिका अध्यक्ष तामाङ र क्याम्पस प्रमुख किशोर कुमार साहले केही व्यक्तिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर करोडौं रकम हिनामिना गरेको क्याम्पसमै कार्यरत शिक्षकहरु बताउँछन्।  उनले क्याम्पस कै केही प्रध्यापकलाईसमेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको साम्राज्य एक क्षत्र राज्य चलाई रहेको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए।

क्याम्पसले गत बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। तर, सोही अवधिमा विद्यार्थी सँग भने १६ देखि १८ हजारसम्म लिने गरेको प्रमाणहरु फेला परेको छ।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको उनीहरूकाे अाराेप छ ।

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ।

यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको सर्वसाधारणकाे बुझाइ रहेकाे छ। राजनितिक आडमा क्याम्प प्रमुख किशोर साह एक दशकदेखि कानुनलाई लत्याउदै बिना कुनै निर्णयकै क्याम्पस प्रमुखमा बिराजमान छन्।  घतलाग्दो विषय हजारौं विद्यार्थी सङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापाल समेत छैन। लेखा पालदेखि दर्ता चलानिका सम्पूर्णकाम क्याम्पस प्रमुख साहको कब्जामा छ । एकजना पुस्तकालय हेर्न भनेर नियुक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्ने काम गर्छन। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.