• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ६. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

दुर्गम जिल्लामा सिभिल ईन्जिनियर पढाइ सुरू, ५५ जना भर्ना

मुगु । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ ।

आईतवार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको आरम्भसँगै मुगुमा दक्ष जनशक्ति उत्पादन हुन सके यस जिल्लाको विकास निर्माण लगायतको कार्यमा उपयोगी हुने बताए ।

मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे ।

उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्र नभई आर्थिक, सामाजिक र भौतिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए ।

अबका दिनमा विद्यार्थीले अध्ययन गरेर सिधै व्यवहारमा ज्ञान उपयोग गर्न सक्ने उनको भनाई छ ।

त्यसैगरी छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागि गर्वको कुरा भएको बताए । उनले स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले अहिले पहिलो वर्ष ३० लाख बजेट व्यवस्थापन गरेको र यो आवश्यक अनुसार बढ्दै जाने बताए । उनका अनुसार आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता थियो । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामले बताए ।

सिभिल इन्जिनियरिङ धार सुरु भएपछि मुगु जिल्लाका विद्यार्थीले राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

यससँगै स्थानीयस्तर मै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउने विश्वास लिइएको नगरप्रमुख भामकाे भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र मल्लले विद्यालयमा नयाँ धार सुरु हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै विद्यार्थीलाई अनुशासित, दक्ष र जिम्मेवार प्राविधिक जनशक्ति बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए । उनले अभिभावक र सरोकारवालालाई यस धारलाई सफल बनाउन सहकार्य गर्न आग्रह गरे ।

महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ ।

पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् । दुर्गममा प्राविधिक धारकाे कक्षा सञ्चालन हुदाँ यहाका बिद्यार्थी लाई राहत पुगेकाे छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    ताजा

    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

    २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    • २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.