निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव प्रचारप्रसारमा झण्डा र प्रचार सामग्रीको प्रयोगमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगको प्रस्ताव अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलोमा अधिकतम १० वटा झण्डा मात्र प्रयोग गर्न सक्नेछन्।
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा ३×४ फिटको झण्डा र चुनाव चिन्ह राख्न पाइने छ, तर डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री वा अन्य प्रचार सामग्री राख्न, बजाउन वा प्रदर्शन गर्न नपाइनेछ।
घरदैलोमा जाँदा २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने, बाजागाजा वा झाँकी प्रयोग नगर्ने, भित्तेलेखन नगर्ने, र विभिन्न सवारी साधन प्रयोग गरेर र्याली आयोजना नगर्ने व्यवस्था पनि प्रस्तावित छ।
निर्वाचन आयोगले यस्तो प्रस्तावित आचारसंहिताले चुनावलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


