निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव प्रचारप्रसारमा झण्डा र प्रचार सामग्रीको प्रयोगमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगको प्रस्ताव अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलोमा अधिकतम १० वटा झण्डा मात्र प्रयोग गर्न सक्नेछन्।
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा ३×४ फिटको झण्डा र चुनाव चिन्ह राख्न पाइने छ, तर डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री वा अन्य प्रचार सामग्री राख्न, बजाउन वा प्रदर्शन गर्न नपाइनेछ।
घरदैलोमा जाँदा २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने, बाजागाजा वा झाँकी प्रयोग नगर्ने, भित्तेलेखन नगर्ने, र विभिन्न सवारी साधन प्रयोग गरेर र्याली आयोजना नगर्ने व्यवस्था पनि प्रस्तावित छ।
निर्वाचन आयोगले यस्तो प्रस्तावित आचारसंहिताले चुनावलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
