आज रिहा हुँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछाने आज अदालतमा बिगो रकम बुझाएर तारेखमा जेल मुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो बराबरको जमानत लिएर रिहा गर्न आदेश दिएपछि उनलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएर छोड्ने तयारी भइरहेको छ । लामिछानेलाई आवश्यक बैंक जमानत पहिले नै बुझाइसकेकाले अब प्रशासनिक प्रक्रिया मात्रै बाँकी रहेको छ।
यसअघि लामिछानेले जिल्ला अदालतमार्फत जमानतमा छुट्न बैंक ग्यारेन्टी पेश गरेका थिए । तर जिल्ला अदालतले त्यस्तो आधारमा रिहा गर्न नमिल्ने ठहर गर्दै माग अस्वीकार गरेको थियो । जिल्ला अदालतको निर्णयपछि उनी सोही विषय लिएर उच्च अदालत पुगेका थिए ।
अदालतले उनलाई रिहा गर्न आदेश दिँदा चार वटा प्रमुख सर्तहरू अघि राखेको छ । जसअनुसार जिल्ला अदालतले २०८१ माघ १३ मा पुर्पक्षका लागि रिहा गर्दा माग गरेको रु एक करोड धरौटी रकम कायमै राख्ने, लामिछानेले आफ्नो भागमा पर्न सक्ने भन्दै बुझाएको रु दुई करोड ७४ लाख ८४ हजार रकम स्वीकार गर्ने, अदालतबाट अन्तिम फैसला हुँदा त्योभन्दा धेरै दायित्व सिर्जना भए थप रकम तिर्ने मन्जुरीको कागज गराएर लामिछानेलाई थुनामुक्त गर्ने र लामिछानेलाई व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्ने सर्तहरू राखेको छ । लामिछाने हाल नक्खु कारागारमा छन्।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु