Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, १३
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि ऐतिहासिक उच्चस्तरमा पुगेको छ। चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स