राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ को बोलकबोल तथा निष्कासन गर्न लागिएको जनाएको छ।
सूचनाअनुसार कुल निष्कासन रकम २५ अर्ब रुपैयाँ रहेको छ। ऋणपत्रको बोलकबोल सोमबार मध्याह्न २ बजेसम्म विद्युतीय बोलकबोल प्रणालीमार्फत मात्र गर्न सकिने व्यवस्था गरिएको छ। सोही दिन ऋणपत्र निष्कासन हुने र यसको परिपक्व अवधि एक वर्ष रहनेछ।
ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। व्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने साँवा भुक्तानी परिपक्व मितिमा हुनेछ। न्यूनतम बोल रकम ५ करोड रुपैयाँ तोकिएको छ र कुल आह्वान गरिएको रकमसम्म निशेष भाग नजाने गरी बोल गर्न सकिनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
