प्रतिनिधि सभा निर्वाचन : उम्मेदवारको खर्च सीमा तोकियो, क्षेत्रअनुसार कति ?
जानकारी केन्द्र
२०८२, पुष, १५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न सक्ने अधिकतम सीमा निर्वाचन आयोगले तोकेको छ। आयोगले जिल्लाको पहुँच र सुगमता अनुसार खर्च सीमा फरक निर्धारण गरेको छ।
काठमाडौँका पाँच निर्वाचन क्षेत्र (१, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा क्षेत्रमा २९ लाख, ५२ वटा क्षेत्रमा ३१ लाख र २६ वटा क्षेत्रमा ३३ लाख रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले आफ्नो खर्च छुट्टै बैंक वा वित्तीय संस्थामा खाता खोली त्यहीबाट मात्र गर्नु पर्नेछ। खर्चको विवरण उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
