Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

सुनको मूल्य तोलामा २ हजार ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, १८
सुनको मूल्य तोलामा २ हजार ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स