देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह
जानकारी केन्द्र
२०८२, माघ, ३
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशलाई इमानदार नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सक्रिय बालेनले आफू राजनीतिमा प्रवेश गर्नुको कारण स्पष्ट पार्दै अब देशलाई अल्पकालीन निर्णयभन्दा दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।’
नेपाललाई व्यवस्थित र दिगो रूपमा अघि बढाउने स्पष्ट योजना र उद्देश्यका साथ आफू राजनीतिमा सक्रिय भएको बालेनको दाबी छ। उनले नेतृत्वको शैली परिवर्तन नगरी देशमा सकारात्मक परिवर्तन सम्भव नहुने पनि संकेत गरेका छन्।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

