सातै प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकले खुलायो दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तह अन्तर्गत सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ। बैंकले खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको जनाएको छ।
आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा प्लस टू उत्तीर्ण गरेको तथा लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्वयोग्यता परीक्षा पास गरेको हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।
योग्यता पुगेका उम्मेदवारले फागुन २१ गतेसम्म नियमित शुल्कमा र फागुन २८ गतेसम्म दोब्बर दस्तूर तिरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएका केन्द्रमा सञ्चालन गरिने बैंकले जनाएको छ। विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
