सातै प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकले खुलायो दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तह अन्तर्गत सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ। बैंकले खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको जनाएको छ।
आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा प्लस टू उत्तीर्ण गरेको तथा लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्वयोग्यता परीक्षा पास गरेको हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।
योग्यता पुगेका उम्मेदवारले फागुन २१ गतेसम्म नियमित शुल्कमा र फागुन २८ गतेसम्म दोब्बर दस्तूर तिरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएका केन्द्रमा सञ्चालन गरिने बैंकले जनाएको छ। विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
सम्बन्धित समाचार
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प,काठमाडौंका नाका अवरुद्ध
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


