मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
जानकारी केन्द्र
२०८२, फाल्गुन, २०
काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने स्पष्ट पारेको छ । निर्वाचनको अघिल्लो दिन बुधबार आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न भए लगतै मतपेटिका संकलन कार्य सुरु गरिने जानकारी दिए ।
उनका अनुसार, मतपेटिका प्राप्त भई गणना सुरु गरिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ । साथै समानुपातिकतर्फको मतपरिणाम पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
आयागले निर्वाचनका सम्पुर्ण तयारी पुरा भईसकेको उल्लेख गर्दै मतदातालाई निर्धक्क र उत्साहपुर्वक मतदानमा सहभागी हुन् आग्रह गरेको छ । त्यसैगरी भौगोलिक विकटता र पहुँचको अवस्थालाई ध्यानमा राख्दै १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टर मार्फत संकलन गरिने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

