रञ्जु दर्शना पुगिन् १० दिनको शिशु बोकेर मतदान गर्न
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् । चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।
आज उनी १० दिने शिशु काखमा लिएरै मतदानका लागि पुगेकी हुन् । उनी चुनाव प्रचारकै क्रममा अस्पतालमा भर्ना भएकी थिइन् । केही दिन घरदैलो गर्दा भने उनी आफैँ श्रीमान्को सहारामा पुगेकी थिइन् । उनी अस्पताल भर्ना भएपछि भने पार्टीका नेता कार्यकर्ताले उनका लागि भोट माग्दै घरदैलो गरेका थिए ।
काठमाडौं १ मा रञ्जुसँगै नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी, नेकपा एमालेका मोहनराज रेग्मीसहित उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
