देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । देशभर आज मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
महाशाखा अनुसार, मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशका पहाडी क्षेत्रमा छिटपुट वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने देखिएको छ, जसले दैनिक जनजीवनमा आंशिक प्रभाव पार्न सक्छ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यी क्षेत्रका बासिन्दालाई चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिइएको छ।
हाल तराई क्षेत्रमा बिहानैदेखि आंशिक बदली देखिएको छ। दिनभर मौसम यस्तै रहने अनुमान गरिएको छ।
महाशाखाले मेघगर्जन र चट्याङको जोखिम हुने भएकाले खुला ठाउँमा अनावश्यक बस्न नहुने, सतर्क रहनु पर्ने र आवश्यक सुरक्षा उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
सम्बन्धित समाचार
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
