• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ २५, २०८२
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ७. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ९. आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • १०. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको छ ।

यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबिच अन्तर्देशीय शिक्षा (टीएनइ–ट्रान्सनेशनल एजुकेशन) का विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने : “ नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा अन्तर्देशीय शिक्षा (टीएनइ) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यो प्रतिवेदनले नेपालमा अन्तर्देशीय शिक्षा (टीएनइ) विस्तार गर्दा प्राप्त हुने अवसर र आउने चुनौतीहरू दुबैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतका बिचमा उच्च शिक्षा क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने सम्भावनालाई देखाएको छ । उच्च शिक्षामा पहुँच अभावको समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा अवसरहरू प्रदान गर्न अन्तर्देशीय शिक्षा (टीएनइ)ले मद्दत गर्न सक्छ । हामी प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न एवम् नेपालको उच्च शिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौँ ।”

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फिनले भने : “ यो नेपालमा अन्तर्देशीय शिक्षाको भविष्यका लागि एक महत्त्वपूर्ण क्षण हो । आज सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीहरूका बारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छ; नेपालमै विश्व स्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छ; अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपालमा नव–प्रवर्तन, उत्कृष्टता र साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।”

कार्यक्रममा “नेपालमा अन्तर्देशीय शिक्षाः अवसर र चुनौतीहरू“ विषयमा गम्भीर चर्चा पनि गरिएको थियो । उक्त छलफलको सहजीकरण ब्रिटिस काउन्सिल नेपालकी देशीय परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले सञ्चालन गरेका थिए । छलफलका प्रमुख वक्ताहरूमा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रा.लि.की प्रबन्ध निर्देशक श्रेया कार्की, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान तथा छात्रवृत्ति विभागका डा. नीरज धिताल र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालको  सहभागीता रहेको थियो ।

प्रतिवेदनमा शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई नियामक प्रक्रिया सरल बनाउन, प्रशासनिक झन्झट कम गर्न, नीति निर्माणमा सहयोग पु¥याउनका लागि पारदर्शी तथ्याङ्क व्यवस्थापन सुधार गर्न तथा गुणस्तरीयता प्रत्याभूत गर्ने संयन्त्र सुदृढ गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न सुझाव दिइएको छ । यसै गरी प्रतिवेदनमा नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रतिस्पर्धी र गतिशील बनाउन सहयोग पु¥याउन संस्थागत विविधीकरणसँगै अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्न सुझाव दिइएको छ ।

त्यसै गरी प्रतिवेदनमा, अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) सेवा प्रदायक र तिनका साझेदारहरूलाई श्रम बजारको माग अनुसार पाठ्यक्रम अद्यावधिक गर्न, अन्तर्देशीय शिक्षामा आर्थिक रूपमा धान्न सक्ने विकल्पहरू विकास गर्न, शिक्षामा पहुँचमा रहेका असमानताहरू हटाउन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न, र स्थानीय सन्दर्भ तथा दीर्घकालीन शैक्षिक लक्ष्यअनुसार उत्तरदायी र दिगो शिक्षण मोडलहरू विकास गर्न सिफारिस गरिएको छ ।

यी सुझावहरूको लक्ष्य नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) दिगो विकास र समान पहुँचको प्रवद्र्धन गर्ने रहेको छ । प्रतिवेदनको पूर्ण पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध
    मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेबापत पुरस्कृत

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    • दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.