मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भ कार्य क्षेत्रमा विशिष्ट सफलतादायक रहनेछ । नोकरी वा पेशामा उन्नतिका योग छन् । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्तिममा युवाहरूलाई वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । स्वास्थ्यमा ध्यान दिनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धार्मिक कार्यक्रमहरूका रूपरेखा बन्नेछन् । सहयोगीहरूको सहयोग मिल्नाले कार्य क्षेत्रमा उत्साह जाग्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । नयाँ नोकरीको लागि आवेदन स्वीकृति हुनेछ । साताको अन्तिममा उद्योग जगतमा आफ्नो वर्चस्व स्थापित गर्न सकिएला । विद्यार्थीहरूको बैद्धिक क्षेत्रमा विकास हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सावधान रहनुपर्ने देखिएको छ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । साताको मध्यमा आँटेको कार्यमा सफलता पाइनेछ । आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । धर्म कर्म प्रति आस्था बढ्नेछ । साताको अन्तिममा भाग्यको साथ मिल्नाले अप्ठ्यारा कार्यहरु पनि सजिलै सम्पादन गर्न सकिएला । नोकरी वा पेशामा शुभचिन्तकहरूको साथ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला । साताको मध्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा कानुन विपरीत कार्य नगर्नुहोला । सामाजिक संघ संस्थामा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू हात लाग्नेछन् । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भ समाजमा तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ । परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सहयोगीहरूको साथ मिल्नाले कार्य प्रति उत्साह जाग्नेछ । साताको अन्त्यमा मन अस्थिर रहनेछ । कार्य क्षेत्रमा कार्यलाई टाल्नुभन्दा गर्नमा मेहनत गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धैर्य र पराक्रमले सोचेका कार्य सम्पादन हुनेछन् । पायक स्थानमा यात्राका योग छन् । साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ । साताको अन्तिममा युवाहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा नयाँ अनुबन्धले लाभको स्थिति बनिरहनेछ । सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्य कुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घर परिवारसँग भ्रमणका योग रहेका छन् । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोस् । साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा अगाडिका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । साताको अन्तिमा जग्गा जमिनबाट लाभ मिल्नेछ । सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पुरानो कुराले परिवारसँग मनमुटाव रहन सक्छ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । चिताएको कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । पिताको साथ र सहयोगले मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा ईष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका काम सम्पादन हुनेछन् । शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ । साताको मध्यमा आर्थिक धनहानिका योग छन् । आफन्तहरुसँग रमाइलो भेटघाट रहनेछ । साताको अन्तिममा अधिकारीहरूबाट प्रशंसा पाइएला । आसमर्दो कार्य बन्नाले मनमा उत्साह रहनेछ । सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस् ।