अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदा
अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्याउँछ । अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ । साथै भिटामिन के, ए, सि र बी ६ का साथै पोलिफेनोस र फेनोलजस्ता जस्ता पोषण समेत पाइन्छ । यसका साथै थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स समेत अंगुरमा पाउन सकिन्छ ।
अंगुर सेवनको फाइदा
१ – अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
२ – यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३- मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
४- हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५- अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६- यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७- यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
८- अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९- यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
१०- यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
११- बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
१२- अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३- यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।
अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


