अाठराइमा झडप, दर्जनाै प्रहरी सहित स्थानिय घाइते,जनजीवन प्रभावित, यातायात ठप्प
जानकारी केन्द्र
२०७३, चैत्र, २६
अमृत बास्तोला/तेह्रथुम, २५ चैत ।
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए ।
महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा रहेको प्रहरी कार्यालयको बोर्डमा ढुंगा मुढा गरेका थिए ।
वार्तामा प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान भईरहेको गरिरहेको बताएपनि स्थानीय नेतृत्व पक्षले किटानी जाहेर गरेकालाई तत्कालै पक्राउ गर्न प्रहरीलाई दवाव दिएका थिए । प्रहरी प्रशासनले तत्कालै पक्राउ गर्न नसक्ने बताएपछि स्थानीय आक्रोसित भएपछि प्रदर्शन झडपमा परिणत भएको थियो ।
आक्रोेसित स्थानीयले करिव १० मिनेट सम्म ईलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज गरिएको प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भयो ।
झडपमा परी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको छ ।
प्रहरीले सागर थिंलाबु, चन्द्र तामाङ, खड्ग कटुवाल, नरेन्द्र सम्बाहाम्फे, विनोद तामाङ र डम्बर तामाङलाई नियन्त्रणमा लिएको हो । करिब एक घण्टासम्म तनावग्रस्त बनेको संक्रान्तिबजार घटनापछि भने अवस्था सामान्य रहेको छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

