११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
काठमाडौँ । धनुषाको हंसपुर नगरपालिका ५ का ३६५ परिवारले लामो प्रतिक्षापछि आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका छन् । नापजाँच भएको करिब ११ वर्षपछि उनीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) विवरण गरिएको हो।
साबिक सुगा निकास गाविस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रियापूरा गरी लालपुर्जा उपलब्ध गराएको हो।
उक्त क्षेत्रमा २०७२ सालमै नापजाँच सकिएको थियो भने नापनक्सा सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले ३६५ परिवारले आफ्नो जग्गाको स्वामित्व प्राप्त गरेका छन् ।
लालपुर्जा पाएसँगै स्थानीयको जग्गा सम्बन्धी अधिकार कानुनी रुपमा स्थापित भएको छ । यसले जग्गाको कारोबार तथा आर्थिक उपयोग सहज बनाउनुका साथै भविष्यमा हुन सक्ने भूमिसम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि धनुषामा ३ हजार ६०१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण भइसकेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
