उत्तर कोरियाको ‘धम्की जारी रहदैन’: अमेरिकी सुरक्षा सल्लाहकार
जानकारी केन्द्र
२०७४, बैशाख, ५
वासिङटन (अमेरिका)
अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ ।
उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेको बताउँदै यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ ।
अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो ।
अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रुपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन । रासस÷एएफपी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
