Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने : ट्रम्प

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, १६
उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने : ट्रम्प

काठमाडौं,  १६ भदौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन् । उनले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको बताए ।

आफूहरुले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको तर उसले त्यसको नाजाय फाइदा लिएको उनको भनाइ छ ।तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताएका छन् ।

उत्तर कोरियाले लगातार मिसाइल परिक्षण गरेपछि अमेरिका आक्रामक बन्दै आएको छ । उसले गत मंगलबार पनि जापानी भू–भाग माथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो ।

त्यसलाई उत्तर कोरियाले मिसाइल प्रहार गुर्न प्रशान्त क्षेत्रमा आफ्नो सैन्य अभियानको पहिलो चरण रहेको बताएको थियो ।उत्तर कोरियाले आफ्नो निशाना प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम रहेको चेतावनी दिएको थियो ।(एजेन्सी)

Top Changing Nepal

युट्युब सट्स