एमालेमा तीन जोडीसहित ३९ महिला सांसद बन्दै
नेकपा एमालेलेबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा ३९ जना महिला सांसद हुने भएका छन् । ती मध्ये केही भाग्यमानी श्रीमान श्रीमती नै परेका छन् । एमालेबाट ३९ जना महिला समानूपातिकबाट सांसद बन्नेभएका छन् । खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन् ।
यस्तै जनजातिबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ । थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन् ।
यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन् । विघठित संसदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट सांसद बनेकी गंगाको नाम नयाँ शक्ति पार्टीबाट समेत नाम समानुपातिकमा थियो ।
यसै गरी एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ । तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक एमालेबाट सांसद बन्ने भएका छन् ।
मधेसीबाट जुलीकुमारी महतो, डा। पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन् । मुस्लिमबाट कालिला खान र समिना हुसेन सांसद बन्ने एमाले स्रोतले जनाएको छ ।
यी मध्ये सुजिता शाक्य नेता शंकर पोखलेको पत्नी हुन्, बिना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठको पत्नी र जुली महतो धुनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी पत्नी हुन् । जुली पहिलो संविधानसभामा सांसद थिइन् भने शाक्य र श्रेष्ठ पहिलो पटक संसद बन्दैछिन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

