काठमाण्डाैंमा उर्जा सम्मेलन सुरु
काठमाडौं ३० मंसीर ।
विहिवार देखि काठमाण्डाैंमा उर्जा सम्मेलन सुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकको संस्था (इपान) को आयोजनामा आज र भोलि दुई दिने सम्मेलन हुन लागेको हो । दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पान गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन उर्जा सम्मेलन गर्न लागिएको इपानले जनाएको छ । दुई दिनसम्म हुने उर्जा सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुहुनेछ ।
उर्जा सम्मेलनमा दश वर्षमा दश हजार मेगावाट विद्युत कहिले र कसरी हुन्छ भन्ने विषयमा विशेष बहस पनि सञ्चालन हुनेछ । उर्जा सुरक्षा अवधारणा, विद्युतको माग एवं आपूर्तिको विश्लेषण, राष्ट्रिय गौवका आयोजना निर्माणको मोडल, जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन, वैदेशिक लगानीका ठूला आयोजना, राष्ट्रिय प्रशारण, कम्पनीको स्थापना, क्रस बोर्डर प्रशारण लाइन निर्माण जलवायु परिर्वतन एवं राष्ट्रिय प्रकोप व्यवस्थापन, दिगो जल विद्युत विकासका विषयमा छलफल हुने इप्पानले बताएको छ । सम्मेलनमा नेपाल लगायत भारत, चीन, नर्वे, युएस, जापानका लगानीकर्ताहरु, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, विदेशी कुटनीतिक नियोगहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि लगायत करिब ५ सयको सहभागिता हुने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
