कारको आयु लामो र चिटिक्क राख्ने उपायहरु
विन्डशील्ड सफा राख्नेः
कारको सिसा सधैँ सफा राख्ने गर्नुपर्छ । फोहोर विन्डशील्डलले जोखिम निम्त्याउने गर्छ । क्लिनीङ फ्लुडले पहिले सिसा भिजाएर नरम स्पोन्जले बिचको भागबाट छेउतिर सफा गर्नुपर्छ । त्यसपछि माथि र तलको मोसनमा यसलाई सफ गनुपर्छ । हेड
हेडलाइट पनि फोहोर भए तिनीहरूलाई पनि सफा गनुपर्छ ।
टायर प्रेसर चेक गर्ने
उचित टायर प्रेसरले हामीलाई सुरक्षित राख्छ । अत्यधिक वा कम हावा भएको टायर राम्रोसँग ह्यान्डल हुन सक्दैन । साथै, सही प्रेसर भएका टायरहरू लामो समय खप्छन् हुन्छ र इफिसियन्ट हुन्छन् ।
कारको लागि सिफारिस गरिएको उचित टायर प्रेसरको स्टिकर प्रायः ड्राइभर साइडको ढोकामा हुन्छ । कार निर्माताहरूले यो नम्बर तय गर्न धेरै अनुसन्धान गरेका हुन्छन् ।
लामो दुरीको यात्रा र तापक्रमले टायरको प्रेसरमा परिवर्तन हुन्छ । त्यसैले कारमा पेट्रोलको महत्व जस्तै टायरमा प्रेसरको जाँच पनि उत्तिकै महत्वपूर्ण र जरुरी हुन्छ ।
टायरको प्रेसर यसरी जाँच्न सक्नुहुन्छः
सही जाँचको लागि, सधैं टायर चिसो अथवा भएको समय जाँच गर्नुहोला, तपाईं कतै जान अघिको समय उत्तम हुन्छ । र, कार अगाडिदेखि नै चालु अवस्थामा छ भने कार रेस्ट गरेको ४ घन्टापछिको समय टायर प्रेसर जाँच्ने उत्तम समय हुन्छ ।
-आफ्नो कारको लागि सिफारिस गरिएको टायरको प्रेसर पत्ता लगाउने ।
-टायर प्रेसर गजको माध्यमले टायरको प्रेसरको जाँच गर्नुपर्छ
-त्यसपछि, आवश्यकता अनुसार भर्नुपर्छ ।
टायर प्रेसर जाँच गर्ने उपाय
मोटर तेल कारको पर्फमेन्सको लागि अति आवश्यक हुन्छ । यसले इन्जिनका सबै भागलाई राम्ररी चालु हुन मद्दत गर्छ । यसले कारको तापलाई कम्बस्सन साइकलबाट टाँढा राखी इन्जिनमा भएका खराब उप–उत्पादनहरू तेल फिल्टरमा पठाउँछ । यदि इन्जिनमा पर्याप्त तेल छैन भने, इन्जिनमा तथा कारमा थुप्रै समस्या आइ लाग्छ ।
कारमा जहिले पनि पर्याप्त तेल छ भनी सुनिश्चित गर्न, यसलाई नियमित रूपमा जाँच गर्ने बानी बसाल्नु महत्त्वपूर्ण छ । कारको तेल स्तर जाँच गर्न धेरै सजिलो छ । यसको लागि सफा पेपर टावल, पर्याप्त प्रकाश र करिब तीन मिनेट आवश्यक छ । जसको लागि इन्जिन बन्द गरेपछि लगभग पाँच मिनेट पर्खनुपर्छ ।
तेलको सहि लेभल जाँच गर्न कार सम्म ठाउँमा हुन जरुरी छ । इन्जिनको डिपस्टिक पत्ता लगाउने । (यसमा आयल लेखेको हुनुपर्छ)

तेलको स्तर जाँच गर्न इन्जिनबाट डिप–स्टिक बाहिर तान्ने

त्यसपछि, टिस्युले डिप–स्टिक सफा गर्ने

यसपल्ट डिप–स्टिकलाई पूरै भित्र छिराउने

अब हामी तेलको लेभल मापन गर्नेछौँ ।
यसलाई निकालेपछि उकालो नफर्काउने, यसले तेल माथितिर जान्छ र जाँच्न मुस्किल बनाउँछ । डिप–स्टिक दुईवटा प्वाल हुन्छन् । तेलको भाग कहाँ समाप्त हुन्छ र सुक्खा भाग सुरु हुन्छ हेरेर तेल स्तर पढ्न सकिन्छ । यदि तेल दुई प्वालको बीचमा छ भने, तेल ठिकै लेभलमा छ । र, यदि तल्लो प्वाल मुनि छ भने कारलाइै थप तेल आवश्यक छ । इन्जिनको लागि सठिक क्वान्टिटीमा मात्र तेल लाउनुपर्छ । र, सधैँ यसरी जाँचेर मात्र लाउनुपर्छ । धेरै तेल पनि इन्जिनको लागि राम्रो हँदैन ।
धेरै जसो कारहरू तेल कम खपत गर्नेगरी डिजाइन गरिएको हुन्छ । र धेरै निर्माताहरू १ हजार माइलमा एक क्वार्टको खपत दरलाई सामान्य मान्छन् । केही कारहरू चुहावटका कारण वा इन्जिनले पेट्रोलसँगै तेलभित्रै जलिरहेको कारणले त्यो भन्दा बढी गुमाउँछन् । तर यदि तपाइँको कार प्रत्येक ५ सय माइलमा एक क्वार्ट तेल खपत गर्छ भने कारको बाहिरी र आन्तरिक चुहावट को लागी जाँच गर्न लानुपर्छ ।
कारको ओनरको म्यानुअलमा सुझाव गरिएको मेन्टेनेन्स तालिका पालना गर्ने
तपाईंको कारलाई मर्मत कार्यहरू पनि चाहिन्छ । जुन धेरै कम गरिन्छ तर अटोमोबाइलको आयुको लागि अति महत्त्वपूर्ण हुन्छ । जस्तैः तेल परिवर्तन, टायर रोटेशन, ट्रान्समिशन फ्लुइड बदल्ने, आदि ।
तर, डिलर वा मेकानिक्सले सिफारिस गरिएको मेन्टेनेन्स तालिका भने त्यती महत्त्वपूर्ण हुँदैन । त्यसमा अनावश्यक मर्मत कार्य गर्ने सुझावहरु पर्याप्त हुन्छन् । उदाहरणका लागिः तेल परिवर्तनको लागि प्रत्येक ३ हजार माइलमा ल्याउने तर धेरै जसो आधुनिक इन्जिनहरू ५ हजार माइलसम्म चल्नेगरी डिजाइन गरिएको हुन्छ । म्यानुफ्याक्चररले कूलेंटलाई प्रत्येक ६० हजार माइलमा बदल्न सिफारिस गर्छन् तर मेकानिकहरुले ३० हजार माइलमा नै बदल्न सिफारिस गर्छन् ।
यसको सट्टा तपाईले कारको मेन्टेनेन्स म्यानुअल आफैँ हेरेर कतिबेला के गर्ने, बुझ्न सक्नुहुन्छ । यसले तपाईको फिजुल खर्चहरु पनि कटौती हुन्छ ।
डिआईवाई कार मेन्टेनेन्स
हरेक ५ हजार माइलमा तेल परिवर्तन गर्ने
चाहे तपाई आफैँ गनुहोस वा मेकानिककहाँ लैजानुहोस्, तेल नियमित रूपमा परिवर्तन गराउनु महत्वपूर्ण छ । यसले तपाईको कारमा समस्या आउनबाट बचाउँछ ।
हरेक १२ हजार माइलमा एयर फिल्टर परिवर्तन गर्ने
कारको एयर फिल्टर परिवर्तन गर्नाले इन्धन दक्षता बढाउने, इन्जिनको आयु लम्ब्याउने र उत्सर्जन घटाउने जस्ता फाइदा हुन्छ ।
हरेक ५ देखि १० हजार माइलमा टायर घुमाउने
अगाडि र पछाडिको टायर फरक–फरक हुन्छ । नियमित रूपमा आफ्नो टायर घुमाउँदा तिनीहरूको प्राकृतिक ढाँचा बराबर हुन्छ, जसले सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ ।
यसले टायरको आयु पनि बढाउँछ, जसले पैसाको पनि बचत हुन्छ ।
कार जहिल्यै सफा राख्ने
-आफ्नो कार नियमित रूपमा धुने गनुपर्छ
-आफ्नो कारको भित्री भागलाई फोहोरको थुपार्ने नबनाउने
(यो लेख आर्ट अफ म्यान्लिनेस वेबसाइटको एक ब्लगबाट अनुवाद गरिएको हो ।)
सम्बन्धित समाचार
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

