Jankari Kendra
९ मंसिर २०८३, मंगलवार

किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ९
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोरकिशोरीको डिजिटल गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्धेश्यले आफ्नो ‘फ्यामिलि पेयरिङ’ सुविधालाई नयाँ स्वरुपमा सार्वजनिक गरेको छ ।

नयाँ अपडेटसँगै अभिभावकले आफ्ना छोराछोरीको टिकटकमा बिताउने समय,अनलाइन अन्तरक्रिया,कन्टेन्टमा रुचि र सार्वजनिक रुपमा पोष्ट गरेका सामाग्रीबारे जानकारी पाउन सक्छन् । नयाँ ड्यासबोर्डमार्फत किशोरकिशोरीले दैनिक ओैसत कति समय टिकटक चलाउँछन्,रातिको समयमा कति समय बिताउँछन् तथा उनहिरुले फलो गरेका र ब्लक गरेका एकाउन्टको संख्यालगायतका विवरण हेर्न सकिनेछ । त्यसतैगरी उनीहरुले सार्वजनिक गरेका पोस्ट र त्यसमा प्राप्त भ्युजको जानकारी पनि उपलब्ध हुनेछ ।

टिकटकले आगामी महिनाहरुमा किशोरकिशोरीले कसलाई मेसेज गरिरहेका छन् भन्ने जानकारी दिने सुविधा थप्ने योजना बनाएको छ । त्यस्तैगरी सम्भावित हानिकारक कन्टेन्ट खोज्ने प्रयास गरेको अवस्थामा अभिभावकलाई अर्लट दिने प्रणाली पनि विकास भइरहेको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त टिकटकले शिक्षक तथा शैक्षिक क्षेत्रका लागि डिजिटल सुरक्षा,अनलाइन व्यवहार र मिडिया साक्षरतासम्बन्धी जानकारी समेटिएको ‘एजुकेटर्स गाइड’ समेत सार्वजनिक गरेको छ ।

किशोरकिशोरीको अनलाइन सुरक्षा बढाउनुका साथै अभिभावक र उनीहरुबीच डिजिटल गतिविधिबारे सकारात्मक संवादलाई प्रोत्साहन गर्ने उद्धेश्यले नयाँ सुविधा ल्याइएको टिकटकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स