Jankari Kendra
८ मंसिर २०८३, सोमबार

नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ८
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन

काठमाडौँ । देशभरका मोटरसाइकल तथा मोटरस्पोर्ट्स पारखीको प्रतीक्षामा रहेको नेपालकै सबैभन्दा ठूलो रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ आयोजना हुँदैछ।आगामी नोभेम्बर २७ र २८ (मंसिर ११ र १२ गते) बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा यो दुईदिने भव्य प्रतियोगिता आयोजना हुन लागेको बताइएको छ। एड्भान्स राइडिङ एकेडेमी ( एआरए) र मोटो वर्ल्ड नेपालको संयुक्त आयोजना तथा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा हुन लागेको यस इभेन्टको मुख्य उद्देश्य मोटरसाइकल रेसिङको रोमाञ्च प्रस्तुत गर्नु, राइडरहरूको सीपलाई उजागर गर्नु र उत्साहजनक वातावरणमा मोटरस्पोर्ट्स समुदायलाई एकताबद्ध गर्नु रहेको जनाइएको छ।

‘एक्स्ट्रिम रेस वार्स २०२६’ मा मुख्य तीन प्रतिस्पर्धात्मक विधाहरू अनुभवी तथा विजेता रेसरहरूका लागि ‘एक्सपर्ट क्याटेगोरी’, ट्र्याकमा आफ्नो कौशल परीक्षण गर्न चाहने नयाँ तथा उदीयमान राइडरहरूका लागि ‘एमेच्योर क्याटेगोरी’, र नेपाली मोटरस्पोर्ट्समा महिला राइडरहरूलाई सशक्त बनाउने उद्देश्यले समर्पित ‘वुमेन्स क्याटेगोरी’ मा कडा टक्कर देख्न पाइनेछ।

नेपालमा महिला रेसिङको प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण कदमका रूपमा क्युजे मोटर ले ‘एक्स्ट्रिम रेस वार्स २०२६’ सँग सहकार्य गर्दै महिला विधाको विशेष प्रायोजन (एक्सक्लूसिप पावर) गर्ने भएको छ। यसका लागि क्युजे मोटरले रेसका लागि तयार पारिएका ६ वटा ‘क्युजे मोटर एसआरके १८० एस’ मोटरसाइकलहरू उपलब्ध गराउनेछ। लिक्विड-कुल्ड १७५ सीसी इन्जिन, १८.१ बीएचपी पावर, १५.२ एनएम टर्क र मात्र १४६ केजी तौल भएको यस मोटरसाइकलले महिला प्रतिस्पर्धीहरूलाई समान स्तरको मेसिनरीमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै क्युजे मोटरका आधिकारिक प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई महिला विधाका विजेताहरूलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नेछन्।

यो च्याम्पियनसिप एक व्यवस्थित र व्यावसायिक ‘रेस-विकेन्ड’ ढाँचामा सञ्चालन हुनेछ भने प्रतियोगिताको पहिलो दिन (शुक्रबार, नोभेम्बर २७) प्राविधिक जाँच, अभ्यास सत्र र छनोट चरण सञ्चालन हुने जनाइएको छ। त्यसैगरी, दोस्रो दिन (शनिबार, नोभेम्बर २८) रोमाञ्चक हिट्स, सबै विधाका ग्रान्ड फाइनल र आधिकारिक पुरस्कार वितरण समारोह आयोजना गरिनेछ भने तीव्र गतिको ट्र्याक प्रतिस्पर्धाका अलावा ‘रेस वार्स २०२६’ ले राइडरहरू, मोटरस्पोर्ट्स प्रेमीहरू र अटोमोटिभ ब्रान्डहरूलाई एउटै मञ्चमा ल्याएर नेपालमा तीव्र गतिमा बढिरहेको मोटरसाइकल संस्कृतिलाई उत्सवका रूपमा मनाउन र अझ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

नेपालको अग्रणी मोटरसाइकल गियर तथा लाइफस्टाइल गन्तव्य मोटो वर्ल्ड नेपाल र एड्भान्स राइडिङ एकेडेमी (एआरए) को संयुक्त नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमले सुरक्षित राइडिङ अभ्यास, प्राविधिक ट्र्याक प्रशिक्षण र नेपालभर व्यावसायिक मोटरस्पोर्ट्सको प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई झल्काउँने जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स