• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष २१, २०८२
सोमबार, पुष २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने

एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

दाङमा एमएडब्लु वृद्धिको नयाँ डोङफेङ शोरूम उद्घाटन : नामी भिगो सार्बजनिक

झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य : कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण

  • १०. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

तरकारीमा हाइटेक प्रविधिले तेब्बर बढी आम्दानी

पर्वत। पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउनुहुन्थ्यो ।

वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश हुनुभएका उहाँ जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालीमपछि नयाँ उत्साह जागृत भयो । लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाउनुभयो । एउटा तालीम लिँदाकै बेला पाएको प्लास्टिक थियो, अर्को आफैंले किनेर लैजानुभयो ।

तालीममा सिकेको ज्ञानअनुसा र उहाँले दुईवटा टनेलमा सिर्जना जातको गोलभेंडा लगाउनुभयो । त्यसबाट एकै मौसममा रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएपछि उहाँमा तरकारी खेतीतर्फ आकर्षण बढ्यो ।

विसं २०५४ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका उहाँ एक समय यो पेशा छाड्ने सोचमा पुग्नुभएको थियो । ‘‘लगानी उठाउनै नसकेपछि विदेश जान कस्सिएको थिएँ,’’ उहाँले भन्नुभयो, “एक हप्ताको तालीमले मेरो सोचमा परिवर्तन ल्याइदियो ।”

सापकोटाले पहिलो पटकको गोलभेंडाको कमाइले अरू दुईवटा प्रकृतिका टनेल थप्नुभयो । फलामका डण्डी गाडेर बनाइएका ती टनेल स्थायी खालको छ । उहाँका अनुसार यसखालको टनेलमा एउटा प्लास्टिक १० वर्षसम्म टिकाउ हुन्छ ।

टनेलको चारैतर्फ हरियो अर्धपारदर्शी प्लास्टिकले बारिने हुँदा बाहिरी कीरा टनेलभित्र पस्न पाउँदैनन् । भित्रको तापक्रम सन्तुलित रहन्छ । गर्मीमा हरियो प्लास्टिक निकाल्नुपर्छ । जाडो मौसममा ढाक्नुपर्छ । अहिले सापकोटाको बारीमा चारवटा उच्च प्रविधिका टनेल छन् ।

उहाँ मात्रै नभएर वरपरका किसानले पनि उच्च प्रविधिका टनेलभित्र तरकारी लगाउने क्रम बढेको छ । स्थानीय फर्सेमा करीब सय परिवार व्यावसायिक कृषिमा आश्रित छन् । गएको तीन दशकदेखि व्यावसायिक तरकारी लगाउँदै आएको भए पनि यो प्रविधि सिकेको छ वर्ष भयो । गाउँमा पहिलोपटक राजनले शुरु गरेको हाइटेक टनेल अहिले रामु सुवेदी, बाबुराम सुवेदी र शर्मिला क्षत्रीलगायत थुप्रै किसानको बारीमा देख्न सकिन्छ ।

केही किसान एउटैले १२ वटासम्म हाइटेक टनेल बनाएका छन् । यो टनेलभित्र लगाएको तरकारी बाहिरको भन्दा बढी फल्ने अनुभव किसानसँग छ । ‘‘हामीले साउनको भेल र झरीका बेला पनि रायोको साग फलाएर बेच्यौं,’’ रामु सुवेदीले भन्नुभयो, “एक मौसममा १० रुपैयाँमा बिक्री नहुने साग साउनमा प्रतिमुठा डेढ सयमा बेच्यौं ।’ उच्च प्रविधिका टनेलभित्र विशेषगरी अचार खाने खुर्सानी, मुला, गाजर, रायो, बोडी, काँक्रा, करेला, लौका र घिरौंलालगायत तरकारी फलाउन सकिन्छ ।

हाइटेक टनेलमा तरकारी लगाउदा रोप्ने र गोड्ने समयमा ध्यान दिनुपर्ने किसान बताउछन् । ‘‘खुला खेतमा जस्तो जथाभावी रोप्नु हुँदैन,’’ सापकोटाले भन्नुभयो, “फराकिलो ड्याङ बनाएर निश्चित दूरीमा तरकारी रोप्नुपर्छ ।’ खुला आकाशमुनि लाग्ने रोगकीराको प्रकोप यस्तो टनेलमा ९० प्रतिशतभन्दा कम हुने भएकाले मल र सिँचाइमा ध्यान दिए पुग्ने उहाँले बताउनुभयो ।

अहिले यहाँका किसानले उच्च प्रविधिका टनेलभित्र गोलभेंडा, साग र अचार खाने खुर्सानी लगाएका छन् । टनेलभित्र वर्षमा तीनदेखि चार सिजनसम्म तरकारी लगाउन सकिने किसानले बताएका छन् ।

कृषि प्राविधिकका अनुसार पछिल्लो समय उच्च प्रविधिका टनेलमा तरकारी लगाउने किसानको सङ्ख्या बढ्दो छ । निर्वाहमुखी प्रविधिबाट व्यावसायिक आकार लिँदै गरेको पर्वतमा हाइटेक प्रविधिमा खेती गर्न थालेपछि बाहिरबाट आउने तरकारी विस्थापन भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

हामीले पाँच वर्षयता गरेको अध्ययनमा वर्षेनी तरकारी आयात घटिरहेको छ,’ उहाँले भन्नुभयो, “पछिल्ला वर्ष केही किसानले बेमौसमी तरकारी जिल्लाबाहिर बेच्दै आएका छन् ।” जिल्लाभर करीब दुई हजार किसानले टनेलभित्र तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार
    तराईमा हुस्सु र हिमालमा हिमपात : सतर्कता अपनाउन आग्रह
    चिसो बढेसँगै अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य : कतिमा हुँदैछ कारोबार ?

    ताजा

    ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने

    एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने
    • एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार
    • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.