काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित गरिएको छ ।
सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको छ । सहरी विकास मन्त्रालयले क्याम्पसको भवन प्रवलीकरणका लागि अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयले भने विभागलाई ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जनाएको छ ।
क्याम्पस २०७२ सालको भूकम्पपछि भत्किएको तर हालसम्म सरकारले यसको मर्मतमा चासो नदेखाएको भन्दै विद्यार्थीहरुले ‘सेभ त्रिचन्द्र’ अभियानसमेत चलाइरहेका थिए । त्यस्तै, प्राज्ञहरूको टोलीले क्याम्पसलाई जोगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका पनि थिए । ।