नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने
जानकारी केन्द्र
२०८२, असार, २३
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
नेपालले एएफसी एसियन कप २०२७ तेश्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् ।
तर, समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।
नेपाल मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो । नेपाली टोलीले अब अक्टोबर ९ मा भियतनामको सामना गर्नेछ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
