नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, २ जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७८, मंसिर, २१
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३०४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
