काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।