प्रचण्ड आगामी साता जापान जाने
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी साता जापान जाने भएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्न जाने तयारीमा छन् ।
यसैगरी, आयोजकले टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगस्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति हुने जनाएका छन् । प्रचण्ड केही समयअघि मात्र भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका थिए । उनी जापानबाट फर्केपछि चीन जाने कार्यक्रममा रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
