भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी आजै तोक्ने भएको हो ।
प्रदेश प्रमुखमा कांग्रेस, मधेसवादी दल र राप्रपाले भागवण्डा गरेका छन् । देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा र २ मा उमाकान्त झालाई प्रदेश प्रमुख तोकिने सम्भावित भएको छ ।
त्यस्तै ३ मा अनुराधा कोइराला र ४ मा बाबुराम कुँवरलाई तोकिने भएको छ । प्रदेश नम्बर ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । स्रोतका अनुसार कांग्रेसको भागमा ४, राजपा र फोरमको भागमा एक÷एक र राप्रपाको भागमा एक परेको छ ।
आज दिउँसो ३ बजे बस्ने बैठकले उनीहरुको नाम फाईनल गर्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ ।
स्रोतका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी तोकिने भएको छ। वम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग कुरा नमिलेपछि सरकारले राजपा, फोरम र राप्रपासँगको सहमतिमा आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
