भारतमा एकैदिन थपिए ९३ हजारभन्दा बढी नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड २४ लाख नाघेको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१३ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ । महाराष्ट्र प्रान्तमा मात्र पछिल्लो २४ घण्टामा ४९ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने २७७ संक्रमितको मृत्यु भएको छ । छत्तीसगढमा पाँच हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा पनि नयाँ संक्रमितको संख्या चार हजारभन्दा धेरै छ । त्यस्तै तामिलनाडु, दिल्ली र उत्तर प्रदेशलगायतका राज्यमा पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


